फेलोशिपमा पुगे मन्त्री थापा, गरे भवन उद्घाटन
पाेखरा | भदौ २६, २०७९
पोखराः रिचमण्ड फेलोशिप पोखराको नवनिर्मित भवनको आज गण्डकी प्रदेशका सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरेका छन् ।
भवनको उद्घाटन गर्दै मन्त्री थापाले समाजलाई दुव्र्यसनमुक्त बनाउने अभियानमा निरन्तर लागेको फेलोशिपलाई धन्यवाद दिए ।
‘फेलोशिपले लामो समयदेखि विभिन्न दुव्र्यसनमा फँसेका युवालाई उपचार गर्दै आइरहेको सुन्दा खुशी लागेको छ’ उनले भने ‘त्यस्ता युवालाई पुनः समाजमा फर्काउने र जीवन बाँच्न सिकाउने फेलोशिपको मानवीय कार्यलाई पुनः धन्यवाद दिन्छु ।’
फेलोशिपको प्रशंसा गर्दै उनले सरकारकातर्फबाट के सहयोग गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्ने उल्लेख गरे । ‘यहाँ आर्थिक, भौतिक सहयोगको आवश्यकता भएको मनन् गरेको छु’ मन्त्री थापाले भने ।
उक्त अवसरमा फेलोशिपका अध्यक्ष सन्ताेष गुरुङ्ले हाल ६० जनालाई सुधारमा राखेको र ३ जना उपचारकाक्रममा रहेको जानकारी दिए ।
‘नयाँ भवनको उद्घाटन अवसरमा खुशीसँगै जिम्मेवारी थपिएको महशुस गरेका छौ’ गुरुङ्ले भने ‘हामीले कतैबाट सहयोग नलिई धेरथोर रकम जम्मा गरेर बनाएको हौं ।’
नयाँ भवनले सुधार र उपचारमा सघाउ पु¥याउने भन्दै गुरुङ्ले दुव्र्यसनमा फँसेका युवा–युवतिलाई यथाशक्य छिटो फेलोशिपमा सम्पर्क गराइदिन अनुरोधसमेत गरे ।
उद्घाटनको अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सामुदायिक केन्द्र, स्थानीय टोल विकासलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

